प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पतालको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पतालको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैयाको नगर अस्पताल शनिबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे । बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे ।

पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ३ तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीलाई नगर प्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।