महिला अधिकारका लागि महिलाहरू नै लड्नुपर्छ : उपसभामुख राना

महिला अधिकारका लागि महिलाहरू नै लड्नुपर्छ : उपसभामुख राना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरूमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छन् ।

२२१औं भानु जयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।

‘हामी अधिकारको कुरा गर्छाैं, एकल महिलाको कुरा गर्छौं । अब कुरा गरेर मात्र नभई महिला एक हुनुपर्ने बेला आएको छ । महिलाहरूले आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने र त्यो क्षमता आफैंले वृद्धि गर्नुपर्छ,’ उनले भनिन् ।

‘सासु–बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाँहिदैन जस्तो लाग्छ । महिलाहरू पीडित नै हुनु पर्दैन । त्यसैले हामी सबै एक हुनुपर्छ,’ उनले अगाडि भनिन्, ‘नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिकता पाउनैपर्छ । आमाकै नामबाट पनि नागरिता पाउने अहिलेको कानून ठीक छ ।’