विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजान्छौं : महासचिव पोखरेल

विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजान्छौं : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आईतबार पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको बताए ।

एमालेको आगामी विधान महाधिवेशन आगामी भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बताए । विक्रम संवत् २०७८ मंसिर १० गते चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उनले बताए ।

महासचिव पोखरेलले पहिलो विधान महाधिवेशनमा अध्यक्षमा २ पटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकामा त्यसलाई सच्याइएको भन्दै त्यसै विधानको प्रावधानलाई टेकेर पुष्प कँडेललाई तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन गरिएको बताए ।

नेपाली कांग्रेस र एमाले २ ठूला पार्टी मिलेर कानूनी र संरचनागत सुधार भएको उनले बताए । ‘६–६ वटा अध्यादेश जारी गर्ने कुरा, संसद्मा जटिल कानून निर्माण गर्ने कुरा २ ठूला पार्टी मिल्दाको परिमाण हो,’ उनले भने, ‘यस्तो बेला पनि हामीमाथि प्रहार भइरहेको छ । त्यो प्रहार सुनियोजित र प्रयोजित छ ।’

हरेक आर्थिक सूचक सुधारोन्मुख रहेको उनले बताए । भेलामा एमालेका २३ वटै विभागका इन्चार्ज र प्रमुखको सहभागिता थियो ।