हाइड्रोपावरको आइपिओ निष्कासन रोकिएकोमा कांग्रेस सभापति असन्तुष्ट

हाइड्रोपावरको आइपिओ निष्कासन रोकिएकोमा कांग्रेस सभापति असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने बताएका हुन् ।

यस्तै उनले जलविद्युत आयोजनाहरूको सेयर निष्कासन रोकिएको कुरा आफूलाई चित्त नबुझेको बताए । उनले भने ‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ। सेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्नेछ, यसलाई रोक्नुहुँदैन भन्ने मान्यता छ।

यस्तै उनले ग्रिन इनर्जीमा ध्यान दिन सके राम्रो हुने धारणा राखे । ऊर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण र प्रकृतिले दिएको सम्पत्ति हो। ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ। ग्रिन इनर्जीमा ध्यान बढी दिन सक्यौँ भने हामीलाई राम्रो हुन्छ।’ देउवाले भने ।