प्रशासनमन्त्री गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गर्दै संदनबाट बाहिरिए सांसदहरु

प्रशासनमन्त्री गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गर्दै संदनबाट बाहिरिए सांसदहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजमात्रै पदबाट राजीनामा दिएका गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताए ।

उनले भने बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ ? ।

यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।