काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्य न्यौपानेलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
न्यौपाने तनहुँकी वासिन्दा हुन् । उनी राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक छिन् ।




प्रतिक्रिया