काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरू भए पनि निजी क्षेत्रबाट संस्थाहरू खुल्नु सकारात्मक रहेको बताएका छन् ।
बिहीबार समाज डेन्टलको २५ वार्षिकोत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि निजी क्षेत्रबाट संस्थाहरू खुलिरहेका बताए । उनले भने, ‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरू छन् तर जति विकास भयो त्यति बढ्दै जान्छ । आज जस्तो अवस्था भए पनि निजी क्षेत्रमा संस्थाहरू खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन, सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’
जनशक्ति भए पनि उपत्यका बाहिर जान कोही नचाएको उनले बताए । जसले गर्दा उनले सुदूरपश्चिम, कर्णाली, मधेश प्रदेश लगायत क्षेत्रमा चिकित्सकको कमी रहेको बताए ।




प्रतिक्रिया