काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले शनिबार केही जिल्लामा बाढीपहिराको जोखिम बढेको जनाएको छ ।
बाढी महाशाखाका अनुसार शनिबार इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, काठमाण्डु , ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।
साथै सोलुखुम्बु, ओखलढुंगा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बागलुङ, लमजुङ, स्याङ्जा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालिकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, बझाङ, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
उल्लिखित ४१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखिएको छ। ती जिल्लाका खोलारनदी क्षेत्रमा सावधानी अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।




प्रतिक्रिया