गणतन्त्र सही मार्गमा छ, नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् : प्रथम राष्ट्रपति

गणतन्त्र सही मार्गमा छ, नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् : प्रथम राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औं पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक बीपी कोइराला स्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनका क्रममा कमजोरी भएको बताए ।

डा. यादवले समानुपातिक, समावेशी, संघीयता सहितको संविधान कार्यान्वयन प्रक्रियामा रहेका विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘हामी ठीक मार्गमा छौं । देश गणतान्त्रिक व्यवस्थामा सही मार्गमा छ । तर शासन सञ्चालन गर्नेले सोच्नुपर्ने बेला हो यो । नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस् । विगतको संघर्षपूर्ण इतिहास युवा पुस्तालाई बुझाउनैपर्छ ।’

प्रा.डा. हरिप्रसाद पराजुलीद्वारा लिखित एवं सम्पादन रहेका ‘बीपी कोइरालाका दुर्लभ रचना’ र विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्यांकन’ पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीतिक दलहरूले राणाशासन, पञ्चायत हुँदै १० वर्षे सशस्त्र जनयुद्धको स्मरण गरेर सुध्रिनुपर्ने बताए ।