सरकार र पार्टीबारे पदाधिकारी र पूर्वपदाधिकारीसँग परामर्श गर्दै सभापति देउवा

सरकार र पार्टीबारे पदाधिकारी र पूर्वपदाधिकारीसँग परामर्श गर्दै सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सरकार र पार्टीका सम्बन्धमा सार्वजनिक असन्तुष्टि व्यक्त गरिरहेका बेला सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार बिहान ९ बजे देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रका आन्तरिक गतिविधि र सांगठनिक विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला लगायतले सरकारको कार्यशैलीदेखि अनुशासन समितिको कारवाहीको निर्णयबारे सार्वजनिक टिप्पणी नै गरेका बेला देउवाले परामर्श गर्न लागेका हुन् ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, गठबन्धनको आगामी रणनीति, प्रदेशस्तरका संगठनात्मक तयारी र व्यक्त भएका असन्तुष्टि लगायतका विषयमा कुराकानी हुने जनाइएको छ ।