सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : महामन्त्री थापा

सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत् कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग/दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको बताए ।

महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन । यो अब जीवनको एउटा अभिन्न हिस्सा (पार्ट अफ लाइफ) बनिसकेको छ ।’

उनले सामाजिक सञ्जालको सचेत प्रयोगका लागि युवाहरूमाझ चेतनामूलक कार्यक्रम गर्न अत्यन्त आवश्यक रहेको बताए । थापाका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो, तर त्यो स्थायी शक्ति होइन । उनले भने, ‘जनसंख्याको तागत अस्थायी हुन्छ, त्यसको तुरुन्तै लाभ लिन सक्नुपर्छ ।’

विशेषगरी २४ वर्षभन्दा मुनिका किशोरकिशोरी र युवावर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने कुरामै देशको भविष्य निर्भर हुने उनले बताए ।

उनले युवापुस्तालाई डिजिटल जिम्मेवारी बोध गराउने आवश्यकता औंल्याउँदै भने, ‘हामीले यो पुस्तालाई डिजिटल रेस्पोन्सिबल र डिजिटल सिटीजन कसरी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक छ ।’

उनले शिक्षा प्रणालीसहित विभिन्न नीतिगत सुधारमा फिनल्यान्ड जस्ता देशहरूबाट सिक्न सकिने धारणा पनि राखेका छन् ।

कार्यक्रममा सामाजिक सञ्जालको प्रभाव, यसको सुरक्षित प्रयोग र डिजिटल साक्षरताका विषयमा विभिन्न विज्ञहरूले पनि आफ्ना धारणा राखेका थिए ।