काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ भनिएको कुरा झुटो भएको बताएका छन्
आइतबार काठमाण्डुमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा प्रवेश गर्नुअगाडि पत्रकारसँग कुरा गर्दै खड्काले चितवनमा लोडसेडिङ गर्ने कुरा सत्य नभएको बताएका हुन् ।
शनिबार चितवनमा दैनिक ३–३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको कुरामा उनले प्रकाशित सूचनाको लेखाइ नै गलत भएको बताए ।
उनले भने- ‘लोडसेडिङ होइन, उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्पका लागि लाइन मिलाउनुपर्ने भएकाले २ दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’
लोडसेडिङको तालिकानै भनेर सूचना आयो नि भन्ने प्रश्नमा खड्काले भने-, ‘त्यो गलत हो, लोडसेडिङ छैन र हुदैन ।’




प्रतिक्रिया