खुमलटारमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

खुमलटारमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आईतबार भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा दुवै नेताबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच वामपन्थी ध्रुवीकरण, कम्युनिष्ट एकताका प्रयास र सरकारका विवादास्पद गतिविधि लगायतबारे कुराकानी भएको जनाइएको छ ।