अध्यक्ष श्रेष्ठ विनै बस्यो नाउपा बैठक, राष्ट्रिय भेला बोलाउने निर्णय

अध्यक्ष श्रेष्ठ विनै बस्यो नाउपा बैठक, राष्ट्रिय भेला बोलाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सहभागिता विनै बसेको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष श्रेष्ठलाई बैठक बोलाउन माग गरे पनि उनले बैठक नबोलाई कार्यबाहक अध्यक्ष तोकेपछि बहुमत केन्द्रीय सदस्यहरूको आईतबार बसेको बैठकले भेला बोलाउने निर्णय गरेको हो । अध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष तोकेका शिव बास्तोला पनि बैठकमा उपस्थित थिएनन् ।

बहुमत केन्द्रीय सदस्यहरूमध्ये ज्येष्ठ सदस्य दामोदर पण्डितको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो । बैठकले आग्रह गर्दा पनि वास्ता नगरेको भन्दै अध्यक्ष श्रेष्ठप्रति खेद प्रकट गरेको छ ।

पार्टी अध्यक्ष, कार्यबाहक अध्यक्ष विनै बसेको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकमा राजनीतिक गतिविधिको कार्यदिशा, भावी रणनीति, संगठनात्मक संरचना निर्माण, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, रुपन्देही–३ को उपनिर्वाचन लगायतबारे छलफल भएको छ । बैठकले साउन १४ गते काठमाण्डुको बानेश्वरमा बिहान ११ बजे राष्ट्रिय भेला आह्वान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य रामलाल डगौराको अध्यक्षतामा भेला गर्ने निर्णय भएको छ । बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरूलाई बोलाउने निर्णय गरिएको छ ।

उपनिर्वाचनको उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार राष्ट्रिय भेला संयोजक रामलाल डगौरालाई दिने निर्णय गरिएको छ । नाउपाका २१ संस्थापक केन्द्रीय सदस्यमध्ये १३ जना सहभागी भएका जनाइएको छ ।