काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौं विश्व सम्मेलनका लागि आईतबार जेनेभा प्रस्थान गरेका छन् ।
सभामुख घिमिरे ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतबार साँझ जेनेभा प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।
साउन १४–१७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटान लगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने समेत जनाइएको छ ।
भ्रमण सम्पन्न गरी उनी साउन १८ गते स्वदेश फर्किनेछन् ।




प्रतिक्रिया