काठमाण्डु– नेपालकै पहिलो अकुपञ्चर विशेषज्ञ सहितको समूहबाट संचालित ब्लु लोटस हस्पिटलले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ ।
अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गी, तथा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीको उपस्थितिमा पाँचौं वार्षिकोत्सव सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले “नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा सम्पूर्ण नागरिकसम्म सहज पहुँच होस्” भन्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको उल्लेख गरे ।
उनले आजको दिनसम्म आइपुग्दा आफ्नो कल्पना भन्दा धेरै बिरामीहरूको माया, प्रेम र सद्भाव प्राप्त भएकोमा गहिरो खुसी व्यक्त व्यक्त गरे ।
समारोहमा विभिन्न शाखाबाट आएका चिकित्सक, प्रशासनिक अधिकृतहरू तथा कर्मचारीहरू तथा संस्थाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अकुपञ्चर क्षेत्रमा योगदान पुर्याउने चिकित्सकहरू डा. प्रशन्न तिवारी, डा. ईश्वर ज्ञवाली, डा.नरेन्द्र लामिछाने तथा नियमित ५ वर्षसम्म कार्य गरिसकेका र संस्थामा समर्पित कर्मचारीहरूलाई कदरपत्र वितरण गरिएको थियो। त्यसैगरी, वर्षको सर्वोत्कृष्ट कर्मचारीको रूपमा सुजला कार्की सम्मानित भइन्।
नेपालको पहिलो र एकमात्र अकुपञ्चर अस्पताल ब्लु लोटस अस्पतालको पहिलो सिस्टर अर्गनाइजेशनका रूपमा ब्लु लोटस हेल्थ होम केयर प्रा. लि. २०७७ साल श्रावण ११ गते स्थापना भएको हो।
हेल्थ होमले विशेषगरी हड्डी खिइएको, नसा च्यापिएको, ढाड, कम्मर, गर्दन दुख्ने, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्ला हान्ने, गल्ने, जोर्नी दुख्ने, माइग्रेन तथा टाउको दुख्ने लगायतका सयौँ प्रकारका रोगहरूको अकुपञ्चर तथा फिजियोथेरापीका विशेषज्ञ चिकित्सकहरूमार्फत सफल उपचार गर्दै आएको छ।




प्रतिक्रिया