काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्किमिनिस्तानको भ्रमण स्वीकृत भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन १८ गतेदेखि हुने प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो ।
साउन तेस्रो हप्ता तुर्किमिनिस्तानको अभाजामा हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) मा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जानेछन् । उनी साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया