संसदीय दलबाट ‘किक आउट’ भएपछि लामाले भने- मुख्यमन्त्री पद त छाड्दिन

संसदीय दलबाट ‘किक आउट’ भएपछि लामाले भने- मुख्यमन्त्री पद त छाड्दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् ।

आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्रीबाट राजनीनामा नदिने बताएका हुन् ।

मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका नेताहरूले प्रपञ्च रचेर अविश्वासको प्रस्ताव दर्ता गर्न निर्देशन दिएको आरोप लगाए।

मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । म कानून विधि विधानअनुसार जान्छु । मैले कसरी राजीनामा दिने ?’