बागमती प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नयाँ नेता ?

बागमती प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नयाँ नेता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले आफूमाथि ल्याइएको अविश्वास प्रस्तावबारे लोकतान्त्रिक प्रक्रिया पूरा भयो कि भएन भन्ने विषयमा अझै स्पष्ट मूल्यांकन आवश्यक रहेको बताएका छन् ।

मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो ।

मतदानपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामाले भने, ‘कांग्रेस लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो । त्यसैले अहिलेको प्रक्रियामा विधिको पूर्ण पालना भयो कि भएन भन्ने कुरा अझै मूल्यांकनको विषय हो ।’

यद्यपि उनले आफ्नो पक्षमा बहुमत नआएको स्वीकार गर्दै दलको नेता पद स्वत: रिक्त भएको स्पष्ट पारे । ‘अब दलको नेता रिक्त भएकाले नयाँ नेताको चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ । भोलिसम्म नयाँ नेताको चयन गोप्य मतदानबाट हुनेछ,’ उनले भने ।

लामाविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछिको मतदानले बागमती कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन पुन: परीक्षणको चरणमा पुगेको संकेत देखिएको छ । अब दलको नेतृत्व कसले सम्हाल्ने भन्नेमा सबैको नजर कांग्रेस भित्रको बुधबारको चुनावतर्फ केन्द्रित छ ।

कांग्रेस नेता इन्द्र बानियाँ नयाँ दल नेता बन्न प्रयासरत रहेका छन् ।