काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै विरोध नरहेको दाबी गरेका छन् ।
समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो ।’
उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको बहस गरिरहेका बेला अध्यक्ष प्रचण्डले कुनै विरोध नरहेको दाबी गरेका हुन् । शर्माको वक्तव्यपछि नेताहरू प्रचण्डको पक्ष–विपक्षीमा बोलिरहेका छन् ।




प्रतिक्रिया