सबै दोष सरकार र नेताहरूको टाउकोमा थुपार्न पाइँदैन : सभापति देउवा

सबै दोष सरकार र नेताहरूको टाउकोमा थुपार्न पाइँदैन : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोशित भए ।

उनले भने, ‘व्यापार गर्ने व्यापारीले हो । उद्योग चलाउने उद्योगपतिले हो । समस्या केही छ भने भन्नुहोस् न मलाई आएर । के गर्नुपर्ने हो सरकारले गर्न तयार छ । तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि ! आफूले पनि गर्नुपर्‍यो नि । आफूचाहिँ केही नगर्ने अनि हामीलाई दोष दिने ? व्यापार सरकारले गर्दैन । उद्योग सरकारले खोल्दिदैन । उद्योग खोल्नुहोस् । व्यापार गर्नु आफूले गर्न नसकेको दोष त सरकारलाई दिनुभएन नि !’

उनले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको स्मरण गरे ।

उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे ।