समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाउने निष्कर्ष

समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाउने निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाजवादी मोर्चाले अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अब मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘समाजवाद मोर्चालाई अब अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्‍यो भन्नेमा पुगेका छौं । नयाँ ढंगले आफूलाई प्रस्तुत गर्नुपर्‍यो र आफ्ना सीमाहरूको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनुपर्‍यो ।’

उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निराशावादको शिकार भइरहेको बताए । ‘अहिले देशको स्थिति जटिल अवस्थामा छ । एउटा गणतन्त्रलाई थ्रेड गर्ने प्रवृत्ति र हर्कतहरू अगाडि आइरहेका छन् । अहिलेका राज्यका सञ्चालकहरूको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ । निराशावादको शिकार देश भएको छ । जसका कारण युवाहरू पलायन छन् । राज्यको पैसा विदेश पलायन भइरहेको छ । देशमा के होला भन्ने ठूला प्रश्न नेपाली जनताका दिमागमा छन्,’ उनले भने ।