बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले स्पष्ट बहुमतसहित नेतृत्व जितेका हुन्।

कुल ३७ मत खसेको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत ल्याए। एक मत बदर भएको थियो।

कांग्रेसका बागमती प्रदेशसभामा कूल ३७ सांसद छन्, जसअनुसार बहुमतका लागि आवश्यक २२ मतसहित बानियाँ विजयी भएका हुन्।

बानियाँको नेतृत्वमै यसअघि तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। उक्त प्रस्ताव पनि दलकै २२ सांसदको समर्थनमा पारित भएको थियो, जसले नेतृत्व परिवर्तनको संकेत पहिले नै दिइसकेको थियो।