यसरी घरमै बनाउनुहोस् मिठो खीर !

यसरी घरमै बनाउनुहोस् मिठो खीर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज साउन १५ । नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

कसरी बनाउने त मिठो खीर ?

आवश्यक सामाग्रीहरु:

  • चामल – १ कप
  • दूध–१ लिटर
  • चिनी–१ ठुलो चम्चा
  • काजु (टुक्रा पारिएको)– २ सानो चम्चा
  • नरिवल (टुक्रा पारिएकाे) –२ सानो चम्चा
  • सुकुमेल –२-३ पिस
  • किसमिस –६-७ पिस
  • ल्वाङ – २-३ पिस
  • तेजपात – १-२ पात

पकाउने टिप्स

– चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने। पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्ने भएकाले बाक्लो भाडो रोज्नुहोस् ।

–दुधलाई राम्ररी तात्न दिने । उम्लिएको दुधमा चामललाई हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने। यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ ।

– चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता काजु, नरिवल, ल्वाङ, सुकुमेल (इच्छा अनुसार) हाल्नुहोस् ।
– खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो राख्न सक्नुहुनेछ ।

– एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् । यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ ।

खीरसँग आलुको अचार बनाएर खान सकिन्छ ।