हिमानी कोषको कार्यक्रममा पूर्वराजपरिवार एकसाथ उपस्थित (तस्बिरहरू)

हिमानी कोषको कार्यक्रममा पूर्वराजपरिवार एकसाथ उपस्थित (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा शनिबार काठमाण्डुमा भएको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार एकसाथ उपस्थित भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका सदस्यहरूसहित कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा पूर्वनवयुवराज हृदयेन्द्र शाह पनि उपस्थित थिए ।

यस्तै पूर्वयुवराजकुमारी पुर्णिका शाह पनि कार्यक्रममा उपस्थित भएकी थिइन् ।

हिमानी कोषले ‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरेको हो । आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमै सीप, ऊ‌द्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम कोषले गरिरहेको छ ।