काठमाण्डु – लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा पछिल्लो २४ घण्टामा मध्ययमदेखि भारी वर्षा भएको छ ।
मध्य मनसुनमै खडेरी परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्लो २४ घण्टामा सिराहामा १०१.६, लहानमा ७७.२ र गोलबजारमा ५२.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
यस्तै महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसीमा ४७.८, सप्तरीको कल्यानपुरमा ४९.४, बरमझियामा ९३ र रुपनी बजारमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।




प्रतिक्रिया