आज ४१ जिल्लामा बाढीको जोखिम, एल्लो अलर्ट जारी (सूचनासहित)

आज ४१ जिल्लामा बाढीको जोखिम, एल्लो अलर्ट जारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

काठमाण्डुसहित देशका ४१ जिल्लाका खोला नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

सोमबार सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुम पश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट,काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेलधुरा र बैतडी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।

यस दिन बिहानको मापनमा कर्णाली र महाकाली नदीको जलसतह सतर्कता तह आसपास छ । कोसी, नारायणी, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले उल्लिखित ४१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ।