काठमाण्डु– बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको हो।
मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको हो।
विज्ञप्तिमा संविधानको धारा १६८ (२) अनुसार बहुमत सदस्यको समर्थन रहने गरी दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको दाबी पेश गर्न सक्ने उल्लेख छ।
पूर्वमुख्यमन्त्री लामाविरुद्ध आफ्नै पार्टी नेकपा एमाले र गठबन्धन दल नेपाली कांग्रेसका केही असन्तुष्ट सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनले पद त्याग गरेका थिए।
मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । कार्यालयले आह्वान गरे लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।





प्रतिक्रिया