रूपन्देही-३ मा रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले दिए आवेदन (नामसहित)

रूपन्देही-३ मा रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले दिए आवेदन (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।

बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले आवेदन दिएका उम्मेखवारहरूको नाम सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।

आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगरका डा‍. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन्।

रास्वपाले आवेदनको लागि साउन ७ गते सम्मको समयसीमा तोकेको थियो।