यी जिल्लामा आज बाढीको जोखिम

यी जिल्लामा आज बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शुक्रबार झापा, इलाम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने महाशाखाले जनाएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, उदयपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली, रोल्पा, सुर्खेत, दैलेख, अछाम, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।

यस दिन बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।