उत्तराखण्ड बाढीमा धादिङका ४ जना पनि परेको आशंका

उत्तराखण्ड बाढीमा धादिङका ४ जना पनि परेको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको उत्तराखण्डमा हालै आएको बाढीमा धादिङका ४ जना नेपाली पनि आशङ्का गरिएको छ ।

धादिङ ज्वालामुखी गाउँपालिका वडानम्बर २ का चार जना नेपाली बाढी पहिरोमा परेको आशंका गरिएको छ ।

ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन छन् ।

उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्कविहीन छन् । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् ।

परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

सो बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएका छन् ।

साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ ।

धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।