पशुपतिमा जनैपूर्णिमाको चहलपहल (फोटोपिचर)

पशुपतिमा जनैपूर्णिमाको चहलपहल (फोटोपिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वका अवसरमा देशभर जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।

यसै अवसरमा काठमाण्डुको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।

यस दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।