कैलाली कारागारमा कैदीबीच झडप, एकजनाको मृत्यु, ४८ घाइते

कैलाली कारागारमा कैदीबीच झडप, एकजनाको मृत्यु, ४८ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलाली कारागारमा झडप हुँदा एक कैदीको मृत्यु भएको छ। झडपमा ४८ जना कैदी घाइते भएका छन्।

गएराति भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ। उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन्।

निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र महिला गरी तीन ब्लक छन्। ए र बी ब्लकका कैदीबीच झडप भएको हो।

उनका अनुसार टीकापुरको कर्तव्य ज्यान सम्बिन्धत एकै मुद्दाका १८ कैदी त्यहाँ छन्। उनीहरुलाई अन्यत्रै स्थान्तरणको तयारी भएको थियो। त्यसैक्रममा उनीहरु एकआपमै कुटाकुटमा उत्रिएका हुन्।

कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईके र भाइनाईके को बन्ने भन्ने विषयामा विवाद भएपछि झडपको अवस्था बनेको हो। घटनाबारे थप छानबन भइरहेको चौधरीले बताए। यसअघि बिहीबार पनि कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए।

यसैबीच कारागारमा कैदीबन्दीबीच झडप भएपछिको अवस्था बुझ्ना जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।

जेलको पछिल्लो अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू पुगेका हुन् ।