भारतले के छान्ने-रुसी तेल कि अमेरिकी दबाब ?

भारतले के छान्ने-रुसी तेल कि अमेरिकी दबाब ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले भारतलाई रूसी तेल खरिद बन्द गर्न दिएको धम्कीपछि प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् ।

अमेरिकाले रूसी तेल खरिद बन्द गर्न भारतलाई तीन साताको समयसीमा दिएको हो ।

यदि भारतले रूसी तेल खरिद बन्द नगरेर भारतमाथि अमेरिकी भन्सार दर २५ प्रतिशतबाट ५० प्रतिशत पुर्‍याइने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले अमेरिकी दबाबलाई अनुचित भन्दै टिप्पणी गर्दै भारतका किसान र राष्ट्रिय हितमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।

रूसी तेलले भारतलाई ठूलो आर्थिक लाभ पुर्‍याएको भए तापनि वैकल्पिक आपूर्तिकर्ता खोज्दा देशभित्र इन्धन मूल्यमा वृद्धि हुन सक्ने जोखिम छ। तर, अमेरिकी भन्सार वृद्धिले भारतको निर्यात क्षेत्रमा गहिरो असर पार्न सक्ने देखिएको छ।

भारतले हालै ब्राजिल, रुस र सम्भावित रूपमा चीनसँग पनि संवाद गर्दै अन्तर्राष्ट्रिय साझेदारी सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ। विश्लेषकहरूका अनुसार भारतले आफ्नो दीर्घकालीन हितलाई प्राथमिकता दिँदै बुद्धिमानीपूर्ण र लचकपूर्ण निर्णय लिनुपर्ने समय आएको छ।