झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एकीकृत समाजवादीका सम्म‍मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

आइतबार श्रेष्ठले खानालको डल्लुस्थित निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको थियो । सोहिअनुरुप श्रेष्ठले खानालसँग भेटवाता गरेका हुन् ।

भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।

श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए भने शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।