राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् ।

आईतबार काठमाण्डुमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधानमा राजनीतिक रूपमा महिलाहरूलाई अगाडि बढाउनको लागि महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा भएको सरकारकै पालामा संविधान सभाबाट संविधान जारी गरी राजनीतिक रूपमा महिलाहरूलाई अगाडि बढाउनका लागि राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेका छौं ।’

लैंगिक संवेदनशीलताको विषय सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भएको भन्दै उनले यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित र सुरक्षित समाज निर्माण गर्न सक्ने बताए ।  

उनले भने, ‘लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र समस्या होइन, यो सामाजिक रूपान्तरणका लागि पनि महत्वपूर्ण विषय हो । हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित, समावेशी समाज निर्माण गर्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।’