काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको रिहाइ माग सम्बन्धी निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी चढाइएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले साउन १९ गते जमानतमा रिहा गराउन माग गर्दै अदालतमा निवेदन दर्ता गराएका थिए।
सोहि निवेदन न्यायाधीश सापकोटाको इजलासमा पेशी तोकिएको हो ।
उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरिसकेको दाबी गरेका छन्।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन्।
लामिछानेको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिएर रिहा गर्न सकिने प्रावधान र दफा ७१ अनुसार कारबाहीको जुनसुकै चरणमा थुनामा वा जमानतमा राख्न सकिने व्यवस्था उल्लेख गरिएको छ।




प्रतिक्रिया