मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष ज्ञवालीद्वारा शपथ ग्रहण

मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष ज्ञवालीद्वारा शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेसनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्ने बताएका छन् ।

मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको शपथ ग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने स्पष्ट गरे ।

‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो,’ अध्यक्ष ओलीले भने, ‘पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेसन खोलिएको थियो । अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुु हुँदैन ।’

उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे । गत प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको साउन २३ गतेको ३१औं साधारण सभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो । सोमबार अध्यक्ष ज्ञवालीले शपथ ग्रहण गरेका छन् ।