काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर पुर्णतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भाग साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।




प्रतिक्रिया