काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४६ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।
महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ४६ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।
आज इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।
यस्तै ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी–पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।
यस्तै आज २३ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया