काठमाण्डु– बर्खायाम सुरु भएसँगै घरमा लामखुट्टे बढ्ने गदर्छन् । लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामखट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ ।
लामखुट्टेको टोकाइबाट मलेरिया, औलो, डेङ्गु जस्ता प्राणघातक रोगहरुलाग्ने गरेका छन् । लामखुट्टेबाट बच्न झुलको प्रयोग उत्तम भए पनि यसको विकल्पमा क्वाइल, धुप, मलम, स्पे्र पनि प्रयोग गर्ने गरिन्छ। तर यी सामग्री स्वास्थ्यका लागि हानिकारक हुन्छन् भन्नेमा धेरैले हेक्का राखेका हुँदैनन् ।
मस्क्वीटो क्वाइलमा पायरेथ्रिन पेस्तीकसाइड (कीरा मार्न प्रयोग गरिने औषधि) हुन्छ, जसले गर्दा फोक्सोमा हानि पुर्याउँछ ।
लामखुट्टे भगाउन प्रयोग गरिने धुप, क्वाइलबाट धुवाँ निस्किन्छ । कोठाभित्र यसलाई बाल्दा भेन्टिलेटर तथा हावा जाने ठाउँ भएन भने धुवाँ शरीरभित्र प्रवेश गर्छ । जसले फोक्सोलाई संक्रमणबाट बचाउने म्युकोसिलरियालाई असर गर्छ । जसकारण धुवाँमा भएको तत्व, ग्यास र कार्बनको कण गएर फोक्सोमा टाँसिन्छ । जसको फस्वरुप फोक्सोको क्यान्सर, दम समेत हुने गदर्छ ।
लामखुट्टे भगाउने घरेलु उपायहरु पनि छन् । यी घरेलु तरिकाले भगाउनुहोस् लामखुट्टे
१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । बर्खामा जम्ने पानी, भाडाबर्तन सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्छ । त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिन हुँदैन । सरसफाई गरेको अवस्थामा लामखुट्टे त्यती चाढै फैलने डर हुँदैन ।
२. घरको झ्याल, ढोका वा कुनैपनि खुला प्वालबाट लामखुट्टे घरभित्र प्रवेश गर्छ । त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ, जहाँबाट हावा आउजाउ गर्न सक्छ तर लामखुट्टे सक्दैन ।
३. कपुरलाई पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । एउटा कोठामा कपुर जलाउने र सबै झ्याल–ढोका बन्द गरिदिने । १०–१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ ।
४. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुन्छ । घरको आसपासमा पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्कनुपर्छ ।
५. लसुनको तिखो गन्धले लामखुट्टेलाई घरमा प्रवेश गर्नबाट रोक्छ । लसुनलाई पिसेर पानीमा उमाल्नुहोस् र जुन कोठामा तपाईं लामखुट्टे नछिरोस् भन्ने चाहनुहुन्छ त्यहाँ चारैतर्फ स्प्रे गर्नुहोस् ।
६ नीम, तेज पत्ता, ल्वाङको पाउडर बनाएर बाल्नाले पनि लाम्खुट्टे भाग्ने गर्छ ।




प्रतिक्रिया