काठमाण्डु – संसद्को संसदीय सुनुवाइ समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् ।
सभापति न्यौपानेले तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएकी हुन् ।
राजीनामा उनले भनेकी छन्, ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले असमर्थ भएको अवगत गराउँदै आजै/तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु ।’
न्यौपानेले प्रतिनिधिसभा सभामुखलाई राजीनामा बुझाएकी छन् ।
नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले सुनुवाइ समितिबाट राजीनामा दिएकी हुन् ।




प्रतिक्रिया