काठमाण्डु – इजरायलले गाजासिटीमा हमासका सैन्य प्रवक्ता अबु ओबैदा हवाई आक्रमणमा मारिएको दाबी गरेको छ ।
हमासले भने ओबैदा मारिएको पुष्टि नगरेको जनाएको छ । हमासका प्रवक्ता मारिएपछि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बल र शिन बेटलाई बधाई दिएका छन्।
ओबेदा, हमासको प्रचार प्रसार र इजरायलविरुद्ध आलोचनाका लागि चर्चित थिए। उनी ७ अक्टोबर २०२३ को आक्रमणअघि हमासका वरिष्ठ सदस्य थिए।
शनिबार भएको आक्रमणमा छ तले भवनमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो, जसले ठूलो क्षति पुर्याएको स्थानीय पत्रकारहरूले बताएका छन्। आक्रमणमा बालबालिकासहित सात जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ ।
इजरायली पक्षले पूर्वसूचना र सटीक हतियार प्रयोग गरेर आक्रमण गरिएको जनाएको छ । हमासले यसलाई आवासीय क्षेत्रमा भएको नरसङ्हार भनेको छ ।
इजरायलले गाजासिटीलाई नियन्त्रणमा लिन तीव्र सैन्य कारबाही गरिरहेको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले ‘विनाशकारी परिणाम’ ल्याउने चेतावनी दिएको छ ।




प्रतिक्रिया