अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २० जनाको मृत्यु, सयौं घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २० जनाको मृत्यु, सयौं घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ ।

भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएका छन् ।

भूकम्पले दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारले बताएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।

भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई पनि हल्लाएको थियो ।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै ८ किलोमिटर गहिराइमा थियो ।

पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको यो पाँचौँ भूकम्प हो । भूकम्पको दृष्टिकोणले अफगानिस्तान संवेदनशील क्षेत्र हो ।

यसअघि, अफगानिस्तानमा अगस्ट २७ मा ५.४, अगस्ट १७ मा ४.९, अगस्ट १३ मा ४.२ र अगस्ट ८ मा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।