काठमाण्ड- भुटान एयरलायन्सले भुटानको पारो विमानस्थलदेखि पोखरासम्म उडान गर्ने भएको छ ।
हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डुसम्म भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ।
अब पोखरामा पनि उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।
यसबीच युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले आगामी असोज १२ गतेदेखि चारवटा चार्टर उडान गर्ने जनाएको छ। ट्राभलका सञ्चालक परासर प्रसाईंका अनुसार १२ असोजसहित १६, २० र २४ गते उडान हुनेछ। भुटान एयरलायन्स १२६ सिट क्षमताको हो। उक्त जहाज पहिलो दिन नेपाली समयअनुसार बिहान १० : ३५ बजे टेक अफ गरेर पोखरा विमानस्थलमा ११ : ४० बजे ल्याण्ड हुनेछ।
पोखरामा गत ७ असारमा सिचुवान एयरको न्यारोबडी एयरबस–३१९ जहाजले पोखरा–छेन्दु उडान गरेको थियो। अहिले पनि छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ।
यसैगरी सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडान पहल पनि गरिरहेको छ। १ जनवरी, २०२३ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म अन्तर्राष्ट्रिय हुन सकेको छैन ।




प्रतिक्रिया