काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने सूचीमा ‘हाम्रो पात्रो’को नाम समेत समावेश गरेपछि हाम्रोपात्रो कम्पनीले आधिकारिक प्रतिक्रिया दिएको छ ।
कम्पनीकी व्यवस्थापक/सम्पादक सुदिना गौतमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हाम्रो पात्रो नेपालमा सन् २०१६ देखि नै विधिवत रूपमा दर्ता भएको स्पष्ट गरेकी छन् ।
उनका अनुसार त्यतिबेला सरकारी नामाकरण सम्बन्धी प्रावधानका कारण कम्पनीको दर्ता नाम ‘हाम्रोपात्रो’ भन्दा फरक राखिएको भए पनि सेवा भने निरन्तर सञ्चालनमा छ ।
उनले थप भनिन्, ‘हाम्रो पात्रो पूर्ण रूपमा सक्रिय छ र आगामी दिनहरूमा पनि निरन्तर सक्रिय रहनेछ । नेपाल सरकारले हाम्रो पात्रोलाई प्रतिबन्ध गरेको छैन ।’
कम्पनीले आफूले देश–विदेशमा रहेका करोडौं नेपालीलाई सूचना, सेवा र आपसी सम्पर्कका लागि विश्वसनीय डिजिटल प्लेटफर्म प्रदान गर्दै आएको उल्लेख गर्दै प्रयोगकर्ताको निरन्तर विश्वास र समर्थनप्रति आभार प्रकट गरेको छ ।

यस्तो छ प्राधिकरणको पत्र –





प्रतिक्रिया