काठमाण्डु – नेपाल टेलिकमले नेपालमा दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ भदौ १९ गते पत्राचार गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णय र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका, २०८० बमोजिम यस्तो कदम चाल्न निर्देशन दिएको टेलिकमले स्पष्ट पारेको छ ।
कम्पनीले सामाजिक सञ्जाल फेसबूकमा राखेको सूचनामा भनिएको छ, ‘सो निर्देशनअनुसार नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू हालका लागि बन्द गरिएको छ । उक्त प्लेटफर्महरू पुन: सञ्चालन सम्बन्धमा आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशनअनुसार गरिनेछ ।’
नेपाल टेलिकमले प्रयोगकर्तालाई यसबारे जानकारी गराउँदै यसबाट पर्न सक्ने असुविधाप्रति ध्यानाकर्षण समेत गराएको छ ।





प्रतिक्रिया