अमेरिकाको विभिन्न सहरमा पनि नेपालीहरूको प्रदर्शन

अमेरिकाको विभिन्न सहरमा पनि नेपालीहरूको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध नेपालमा सडकमा उत्रिएका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरूमा प्रदर्शन भएका छन्।

हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा नेपालीहरूले प्रदर्शन गरेका हुन् ।
डालसको पशुपतिनाथ मन्दिर तथा बौद्धविहारमा नेपालीहरुले सरकारी दमनको विरोध तथा हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उनीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्ति गरेका थिए । त्यहाँ उनीहरुले भ्रष्टाचार रोक, मानव अधिकार हनन भयो, जनता मार्न पाइँदैन, नेपालका युवाको आवाज सुनिनुपर्छ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

त्यस्तै, न्यूयोर्कस्थित ज्याक्सन हाइटमा पनि हजारौंको संख्यामा नेपालीहरु जम्मा भएर हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

त्यस्तै, मेरिल्यान्ड राज्यको बाल्टिमोरमा पनि हजारौंको संख्यामा नेपालीहरु स्वस्फूर्त रुपमा जम्मा भएर प्रदर्शन गरेका छन् ।

उनीहरुले नेपालको झन्डाको आकारमा दिप प्रज्वलन गरेर सरकारले हत्या गरेका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा पनि नेपालीहरु उपस्थित भएर सरकारले हत्या गरेका युवा विद्यार्थीहरुलाई श्रद्धाञ्जलि व्यक्त गरेको छन् ।