काठमाण्डु – जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि त्यसको विरोधमा राजधानी काठमाण्डुसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । काठमाण्डु उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लागे पनि त्यसको बेवास्ता गर्दै प्रदर्शनकारीहरू आन्दोलन गरिरहेका छन् ।
नयाँ बानेश्वर, जोरपाटी, कलङ्की, बालाजु, बसुन्धरा, गोङ्गबु र सामाखुसी क्षेत्रमा उनीहरू स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शन गरिरहेका छन्।
यता, बानेश्वर र शंखमुलमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले प्रहरीलाई लखेट्दै संसद भवनसम्म पुर्याएको छ ।
गोङ्गबु, सामाखुसी र बसुन्धरा क्षेत्रमा युवाहरूको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच विभिन्न स्थानमा झडप भएको छ।
बल्खु क्षेत्रमा जेनजीहरुको आन्दोलन चर्किएपछि बल्खु क्षेत्रमा सेना समेत परिचालन गरिएको छ । प्रदर्शनकारीहरु विभिन्न स्थानबाट त्यहाँ भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
यस्तै नयाँ बानेश्वरस्थित संसद भवन र सिभिल अस्पताल अगाडि पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले सरकारी दमनको विरोध गर्दै नारावाजीसहित प्रदर्शन गरेका हुन् ।









प्रतिक्रिया