नेपाली सेना र जेन जीबीच आज वार्ता, आगामी सरकार गठनबारे छलफल हुने

नेपाली सेना र जेन जीबीच आज वार्ता, आगामी सरकार गठनबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र जेन जी आन्दोलनका प्रतिनिधिबीच बुधबार वार्ता हुँदै छ । नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि वार्ताको तयारी भएको हो ।

जेनजी पुस्ताले राजनीतिक दल र त्यसका प्रतिनिधिसँग कुरा नगर्ने भएपछि सेनाले सक्रियता देखाएको हो । जेनजी पुस्ताले राजनीतिक दलहरूलाई सत्ताबाट विस्थापित गरेर नागरिक सरकारको वकालत गर्दै आएका छन् ।

वार्तामा संसद् विघटन र नागरिक सरकार गठनको विषयमा छलपल हुनेछ ।

यद्यपी, वार्ता को कोबीच र कतिबेला हुने प्रष्ट भइसकेको छैन । समाचार स्रोतकाअनुसार नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताका लागि समन्वय गरेको छ ।

गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति सिग्देलसँग सामान्य तहमा कुराकानी गरेपछि औपचारिक वार्ता राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुँदैछ ।

गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति सिग्देलसँग सामान्य तहमा कुराकानी गरेपछि बुधबबार औपचारिक वार्ता राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुँदैछ ।

वार्तामा नयाँ सरकार गठनदेखि आगामी प्रक्रियाका विषयमा छलफल हुनेछ । जेनजी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ चुनावको माग गरेका छन् ।

नेपाली सेनाका प्रतिनिधिहरु जेन जी आन्दोलनका प्रतिनिधिहरुसँग भने मंगलबारदेखि नै सम्पर्कमा रहेको छ । त्यसैले बुधबार अनौपचारिक वार्ता हुनेछ ।

नेपाली सेनाले मंगलबार नै संवादका लागि आव्हान गरिसकेको छ । साथै, देशवासीका नाममा सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति सिग्देलले जेन जी आन्दोलनकारीलाई संयमित हुन भन्दै संवादमा आउन आग्रह गरेका थिए ।

त्यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले पनि जेन जी आन्दोलनकारीलाई संवादमा आउन आग्रह गरेका थिए ।